Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कामपा १७ द्धारा सामुदायिक विद्यालयका बालबालिकाहरुलाई मानव बेचविखन विरुद्धको परामर्श


कामपा १७ द्धारा सामुदायिक विद्यालयका बालबालिकाहरुलाई मानव बेचविखन विरुद्धको परामर्श

काठमाडौं । मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा काठमाडौं महानगरपालिका वडा नं.१७ ले सामुदायिक विद्यालयका बालबालिकासँग सचेतना मुलक अन्र्तक्रिया गरेको छ ।

१७ औं राष्ट्रिय दिवसका अवसरमा वडाका विभिन्न सामुदायिक विद्यालयका बालबालिकालाई मानव बेचविखन तथा संभावित घटना र त्यसबाट बच्ने उपायका विषयमा कानुनी परामर्श प्रदान गरिएको वडा सदस्य कविता दासले जानकारी दिइन् ।

पछिल्लो तथ्याङ अनुसार मानव तस्करको निशानामा बालबालिका पर्ने गरेको भन्दै सम्भावित दुर्घटनाबाट बच्न र कानुनी परामर्शका बारेमा जानकारी गराएको वडा सदस्य दासको भनाई छ ।

अन्र्तक्रियामा विभिन्न सामाजिक सञ्जाल मार्फत् गिरोहबाट हुन सक्ने प्रलोभन, साथी भाईहरुको लहलहै, चिनजानका मानिस तथा आफन्तबाटै हुन सक्ने गम्भीर अपराधका घटना बारेमा बालबालिकालाई सचेत रहने उपायका विषयमा जानकारी गराइएको थियो ।