काठमाडौं । काठमाडौंको कीर्तिपुरका एक सम्बन्धित व्यक्तीले प्राइभेट कम्पनी स्थापनागरि सहकारी र वित्तीय संस्था सरह करोडौं रकम उठाएर फिर्ता नगरेको तथ्य बाहिरिएको छ । कीर्तिपुर नगरपालिका स्थित उमा महेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का पुर्व अध्यक्ष समेत रहेका भीम कुमार राजभण्डारीले ‘कीर्तिपुर मर्चेन्ट’ कम्पनी प्रालि स्थापना गरि करोडौं रकम उठाएको तथ्य बाहिरिएको हो । राजभण्डारीले उमा महेश्वर सहकारी संस्थाको अध्यक्ष कार्यकाल सकिएसँगै सो कम्पनी स्थापना गरि उक्त सहकारीका केहि शेयर सदस्यहरुबाट तत्कालिन समयमा करिब २० करोड रकम कम्पनीमा जम्मा गराएको स्रोतको दावी छ ।
तत्कालिन समयमा इच्छाराज तामाङको सिभिल सहकारीमा समस्या बढ्दै जादा कीर्तिपुर स्थित ट्याङलाफाटमा रहेको तामाङको जग्गा करिब १९ करोडमा खरिद गरेको भन्ने स्रोतले बतायो । यद्यपि उनले सो समयमा कति मूल्यमा जग्गा किने भन्ने बारे तथ्य छैन । एक स्थानीयले भने, ‘कम्पनीले कीर्तिपुरका कयौं व्यक्तीबाट लाखौं रकम ऋण भनेर लिएको देखिन्छ । राजभण्डारीले रकम लिए वापत् ऋणको कार्ड दिएका छन् । तर, यो कार्ड कानुनत वैधानिक देखिदैन । बचत तथा ऋणमा प्रयोग हुने फम्र्याट फरक हुने बैंकिङ क्षेत्रमा काम गर्ने एक व्यक्तीले बताए ।
राजभण्डारी कीर्तिपुरको पुरानो ठुलो सहकारी उमा महेश्वर बचत तथा ऋण सहकारी संस्थामा करिब १९ बर्ष अध्यक्षकारुपमा कार्यभार सम्हालेका नाम चलेका व्यक्ती हुन । तर, उनले स्थापना गरेको कम्पनी ‘कीर्तिपुर मर्चेन्ट’ले गैर कानुनीरुपमा पैसा उठाउने गरेको कीर्तिपुरकै एक व्यवसायीको भनाई छ । उनले भने, म सँग पनि धेरै पटक प्रस्ताव आएको थियो ।
अहिले देशैभरि सहकारी संस्थाहरुमा बचत फिर्ताको माग बढेको र कयौं सहकारीहरु समस्याग्रस्त घोषणा भएपछि राजभण्डारीलाई रकम फिर्ता माग्नेको दवाव बढेको एक व्यक्तीले बताए । अहिले म्याद सकिएका केहि व्यक्तीलाई सानो रकम फिर्ता गरिरहेको पनि स्रोतले बतायो । उनले तत्कालिन अबस्थामा २५ करोडमाथि उठाएको हुन सक्ने केहि स्थानीयको दावी छ । हाल सहकारी संस्थाहरुले बचत फिर्ता गर्न नसक्दा सो कम्पनीमाथि रकम फिर्ताको दवाव छ, एक व्यक्तीले नाम नबताउने सर्तमा भने । ‘गैर कानुनीरुमा उठाएको करोडौं रकम जग्गामा लगाएको हुन सक्ने स्थानीय बताउछन् ।
मूख्यगरि पछिल्लो समय सहकारी र लघुवित्त संस्थाहरुले लाखौं बचतकर्ताहरुको रकम हिनामिना र दुरुपयोग गरेको घटनाहरु बढ्दै जादा कीर्तिपुरमा यस्तो डर लाग्दो ‘स्क्यामिङ’ बाहिरिएको हो । सो कम्पनीमा रकम दिएका व्यक्तीहरुले आफुहरुको रकम असुरक्षीत रहेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
कीर्तिपुरकै एक व्यक्तीले भने, उमेरले करिब ८० बर्ष नाघेको देखिन्छ, राजभण्डारी कम्पनी दर्तागरि यो उमेरमा करोडौं रकम उठाइसकेका छन् । खासमा उनि उमा महेश्वर सहकारीका पुर्व अध्यक्ष भएकाले त्यसरी स्थानीयलाई प्रभावमा पारेको हुन सक्छ एक व्यक्तीले बताए । तर, कुनै पनि कम्पनीले ‘पव्लीक’सँग ऋण भने लिन मिल्दैन । त्यो कानुन विपरित हुन्छ, तर राजभण्डारीले लोकप्रियता र पहुँचको आधारमा मानिसहरुलाई प्रभावमा पारेको कतिको आकलन छ । उनले ठुलो रकम वित्तीय संस्थाको मोडलमा उठाउदा पनि सम्बन्धित निकाय मौन छ ।
राजभण्डारीले तत्कालिन अबस्थामा उमा महेश्वर सहकारीको अध्यक्षबाट पदमुक्त भएसँगै एकल स्वामित्वमा कम्पनी स्थापना गरेका थिए । सो कम्पनी रजिष्टारको कार्यालयमा दर्ता छ । सो कम्पनीमा कुन-कुन व्यक्ती शेयर सदस्य छन् भन्ने विषयमा हामी अर्काे अंकमा प्रकाशित गर्ने छौं । कम्पनीको कुल पुँजी कति ? भन्ने विषयमा अर्काे अंकमा प्रकाशित हुने छ । हेक्का होस्, वित्तीय कारोबारकालागि बैंकिङ ऐनमा दर्ता हुनुपर्ने र त्यसकालागि राष्ट्र बैंकबाट स्वीकृती लिनुपर्ने हुन्छ । तर, सो कम्पनी न बैंकिङ प्रणालीमा दर्ता छ, न सहकारी, लघुवित्त कुनै फर्ममा छैन् ।
अर्काे प्रशंग, सो कम्पनी सुरुमा राजभण्डारीको एकल स्वामित्वमा दर्ता भएपनि पछि उनले शेयरसदस्य थपेको देखिन्छ । कम्पनीले प्रदान गरेको ऋण पत्रमा विभिन्न पदहरु देखिएपनि कुन व्यक्ती कुन पदमा भन्ने खुलाइएको छैन ।
उनले रकम उठाएका व्यक्तीहरुलाई दिएको कार्डमा उल्लेख गरेको विवरण यस प्रकार छन् ।
कार्डको नमुना(गोपनियताकालागि कार्डमा उल्लेख नाम हटाइएको छ)
....महर्जन /.....तण्डुकार बाघ भैरव कीर्तिपुर
लिखितम धनीका नाम काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा १ बाघभैरव टोल बस्ने ....महर्जन/....तण्डुकार ऋणीको नाम काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं.१ नःसि कीर्तिपुर ठेगानामा रजिष्टारको कार्यालयमा दर्ता भएको यस कीर्तिपुर मर्चेन कम्पनी प्रालिबाट मिति २०७७।०६।११ देखि २०७८।०९।११ सम्मको लागि १ लाख १० हजार रुपैयाँ मात्र कम्पनीको व्यापारीक कार्यकोलागि ऋण स्वरुप लिएको यस रुपैयाँको ब्याज मासिक/त्रैमासिक/बार्षिक ११ प्रतिशतका दरले तपाईको बैंक/सहकारी वा यसै कम्पनीमा रहेको ऋण खाता नं.....जम्मागरि दिनेछौं । शेष पछिको हकवालको नाम ..../.... नातामा साथीहरु, ठेगाना कीर्तिपुर उल्लेख छ । कम्पनीले यो कार्ड २०७७ साल ६ महिना ११ गते हस्तान्तरण गरेको देखिन्छ । कार्डमा दायाँ बायाँ छाप छैन, ऋण दिनेको दस्तखत, प्रवन्ध सञ्चालकको दस्तखत र अध्यक्षको दस्तखत छ । तर, त्यो दस्तखत फरक फरक व्यक्तीको छ । तर, त्यहाँ सो पदमा कुन व्यक्ती छन् त्यो उल्लेख छैन् ।