Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कक्षा १२ को परीक्षा वैशाख १४ देखि हुने [तालिकासहित]


कक्षा १२ को परीक्षा वैशाख १४ देखि हुने [तालिकासहित]

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा—१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ । कार्यालयले साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ गते बिहीबारदेखि हुनेगरी तालिका सार्वजनिक भइसकेको छ । एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

कक्षा १२ को परीक्षा तालिका