Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सोमबार बाँडफाँट हुँदै


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सोमबार बाँडफाँट हुँदै

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोली अर्थात भदौ १८ गते, सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भोली बिहान ९ बजे बाँडफाँट हुनेछ । कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १३ लाखभन्दा बढी आवेदन परेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिका अनुसार मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत हुनेछ । यस अनुसार ७१ हजार २२२ जनाले कम्पनीको शेयर प्राप्त गर्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ ।