काठमाण्डौं । वल्र्डलिंक कम्पनीले देशैभर करिब १७० सपोर्ट जोन (सहायता क्षेत्र) स्थापना गरेको छ ।
ग्राहकको इन्टरनेट सेवालाई अझै प्रभावकारी बनाउन र चुस्तदुरुस्त रुपमा सञ्चालन गर्न ग्राहक सेवा केन्द्रको स्थापना गरेको र त्यसका लागि सक्षम दक्ष प्राविधिक टोली समेत खटाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार काठमाडौं उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन् । यसले इन्टरनेट सम्बन्धी कुनै समस्या परेमा गुनासो प्राप्त भएको दुई घण्टाभित्र कम्पनीका कर्मचारी समस्या परेको ग्राहकको घरमा पुग्छन् । विशेष कारणबाहेक दुई घण्टाभित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरेको कम्पनिले जनाएको छ ।
इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुनका लागि सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक सेवाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन र केही समस्या भए कर्मचारी भनेको फिल्डमै समय खटेर हल गर्ने र यदि स्टाफ दुई घण्टाभन्दा पाँच मिनेट मात्रै ढिलो पुगे भने ग्राहकलाई त्यसको क्षतिपूर्ति दिने व्यवस्था गरेको कम्पनीका निर्देशक लक्ष्मण यादव बताए ।
कम्पनीले ग्राहकलाई कस्टमर सपोर्टका लागि कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल तथा इमेल, माई वल्र्डलिंक एप, अग्रिम जानकारीको व्यवस्था लगायतका माध्यहरु प्रयोग गर्दै आएको छ ।