Wednesday, July 23, 2025

२०८२ श्रावण ८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डिशहोम: ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’


डिशहोम: ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक आकर्षक योजना ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’ सार्वजनिक गरेको छ। यो विशेष योजनाअन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता आयोजना हुने लक्की ड्रमा सहभागी बन्न सक्नेछन्।

उक्त लक्की ड्रमार्फत हरेक सातामा १४ जना भाग्यशाली विजेता चयन गरिनेछ, जसले एक वर्षका लागि सित्तैमा इन्टरनेट सेवा प्राप्त गर्नेछन् यस अफरमा सहभागी हुने विजेतामध्ये १० जना नयाँ वार्षिक इन्टरनेट जडान गर्ने ग्राहक हुनेछन् भने बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक रहनेछन्।

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि टेलिभिजन च्यानलमार्फत गरिनेछ। यदि कुनै कारणवश शुक्रबार घोषणा हुन नसकेमा, त्यसको विकल्पस्वरूप आइतबार साँझ सोही समयमा घोषणा गरिनेछ।

नयाँ जडानका लागि नजिकको डिशहोम डिलरसँग सम्पर्क गर्न वा ०१–५९७०३६५ नम्बरमा फोन गर्न सकिनेछ। यस्तै, हालका प्रयोगकर्ताहरूले खल्ती, ईसेवा वा माईडिशहोम मोबाइल एपमार्फत वार्षिक रिचार्ज गरी योजनामा सहभागी हुन सक्नेछन्।

डिशहोमले हाल उपलब्ध गराउँदै आएका वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबिपिएसको मूल्य रू.८,५००, २०० एमबिपिएसको रू. ११,५०० र ३०० एमबिपिएसको रू. १३,५५० रहेको छ, जुन सबै भ्याट सहितको दर हो। नयाँ जडानको हकमा थप रू. १,१३० लाग्नेछ।