Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एयर ट्राफिको कन्ट्रोलरको लागि खुल्यो अवसर


काठमाडौं । के तपाईं पनि एयर ट्राफिक कन्ट्रोलर बन्न सपना देखिरहनु भएको छ ? त्यसो हो भने १६ जनाका लागि अवसर खुल्लेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले आधारभूत एटीएस–००७ तालिमका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठानले सञ्चालन गर्ने बेसिक एयर ट्राफिक सर्भिस कोर्ष तालिमका लागि १६ जना प्रशिक्षार्थी छनोट गर्ने भएको हो । जेठ १२ देखि २१ दिन भित्र दरखास्त दिन सकिन छ । खुलातर्फ ९ जना, महिला तर्फ २ जना, आदिवासी,जनजातितर्फ २ जना, मधेशी कोटामा २ जना र दलित कोटामा १ जनाका लागि दरखास्त खुलेको हो ।

परीक्षा दस्तुर १२ सय रुपैयाँ तोकिएको छ । विज्ञान वा आईटी (सूचना प्रविधि) व्यवस्थापन इन्जिनियरिङ विषयमा स्नातक तहमा कम्तीमा द्वितीय श्रेणी जीपीए २.५ प्रतिसत ल्यायकोे हुनुपर्ने । उमेर २१ वर्ष पुरा भएर २७ वर्ष ननाघेको हुनुपर्ने प्राधिकरणले बताएको छ । लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुने समेत प्राधिकरणको भनाइ छ ।