काठमाडौं । सरकारले करिब ३४ अर्ब रुपैयाँ सावा आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ उठाउन लागेको जनाएको छ ।
जसमध्ये ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको अवधि पुरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण भएको छ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ।