Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘सैन्य गतिविधि’लाई लिएर चासो व्यक्त

जी–७० का नेताहरूले एसिया–प्रशान्त क्षेत्रमा


‘सैन्य गतिविधि’लाई लिएर  चासो व्यक्त

एजेन्सी । आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह ९ जी–७० का नेताहरूले एसिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् ।

हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा उनीहरूले चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गर्दै चीनको यस सन्दर्भमा ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्ने बताएका छन् । उनीहरूले सहकार्यका लागि ढोका खुला राख्न र विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख पश्चिमी शक्तिहरू र जापानबीचको तनावलाई थप भड्काउनबाट जोगाउन पनि खोजेको बताएका छन् ।

‘चीनसँग खुलेर कुरा गर्ने र प्रत्यक्ष रूपमा आफ्ना चिन्ता व्यक्त गर्ने महत्त्वलाई बुझेर हामी चीनसँग रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न तयार छौं,’ समूहले भनेको छ । ‘हाम्रो नीतिगत दृष्टिकोण चीनलाई हानि पुर्‍याउने उद्देश्यले डिजाइन गरिएको होइन, न त हामी चीनको आर्थिक प्रगति र विकासलाई अवरुद्ध गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । जी–७ राष्ट्रहरूले ‘छुट्याउने वा हस्तक्षेप’ गर्ने काम नगरिरहेको बताएका छन् ।