Monday, June 16, 2025

२०८२ असार २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोटीहोम स्थल घटना छानविनकालागि ७ सदस्यीय समिति, प्रतिवेदन पेश गर्न १५ दिनको समय


कोटीहोम स्थल घटना छानविनकालागि ७ सदस्यीय समिति, प्रतिवेदन पेश गर्न १५ दिनको समय

काठमाडौं । पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन् ।

उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाको बारेमा स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । शुक्रबार राति पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि कथावाचक विजय कृष्णमूर्तिका समर्थकले प्रतिवादन गरेका थिए । कृष्णमूर्तिलले आफूलाई पक्राउ गर्न आएको भन्दै समर्थकलाई प्रतिवाद गर्न आह्वान गरेका थिए ।