काठमाडौं, भदौ १३ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । अब बैंकका ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका ग्राहकले विशेष छुट पाउने बैंकले बताएको छ ।