Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उपमहानगरपालिकाले करको दायरा वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघ चरणबद्ध आन्दोलनमा


उपमहानगरपालिकाले करको दायरा वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघ चरणबद्ध आन्दोलनमा

काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघले चरण बद्ध आन्दोलन सुरुगरेको छ । हेटौंडा उपमहानगरपालिकाले करको दायरा वृद्धि गरेको विरोधमा संघले पहिलो चरणमा पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ । उपमहानगरको १५ औं नगर सभाले राजश्व दरमा वृद्धि गर्ने निर्णय गरेको थियो ।

उपमहानगरपालिकाको सो निर्णयको विरुद्धमा व्यवसायीले आन्दोलन सुरु गरेका हुन । एक साताअघि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघलगायतले कर वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन् । उपमहानगरलाई ध्यानाकर्षण गराउँदा समेत २५ गतेको कार्यपालिका बैठकले मागको सम्बन्धमा चासो नदेखाए पछि आन्दोलनको घोषणा गरिएको व्यवसायीले बताएका छन् ।