Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत


सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत

काठमाडौं , नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरू सहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसाको मूल्य रेञ्ज पाएको छ। यही मूल्य रेञ्जलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत सिएलआई रहेको छ।