काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।