Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्सेमा सामान्य अंकको गिरावट, तीन अर्ब ११ करोडको कारोबार


नेप्सेमा सामान्य अंकको गिरावट, तीन अर्ब ११ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। परिसूचक १.७६ अंकले घटेर दुई हजार ३३.०६ को विन्दुमा कायम भएको हो। आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता सेयर ७६ हजार आठ सय तीनपटक खरिद–बिक्री हुँदा रु.तीन अर्ब ११ करोड ३५ लाख ५६ हजारबराबरको कारोबार भएको छ।

विकास बैंक समूहको उपसूचक ०.२५, वित्त समूह ०.७२, लगानी समूह ०.१८, उत्पादन तथा प्रशोधन समूह ०.७१ र अन्य समूह १.१० प्रतिशतले बढेका छन्। अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह ०.४२, होटेल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.३१, जीवन बिमा समूह ०.४१, लघुवित्त ०.७४, म्युचुअल फन्ड ०.०५, निर्जीवन बिमा समूह ०.०३ र व्यापार समूह ०.३५ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल (बालाजु)लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ३१ करोड ७३ लाख ७० हजार नौ सय ९८ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता सेयर किनबेच भएको छ।