Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एड क्लबका गर्भनरमा विधान राजभण्डारी


एड क्लबका गर्भनरमा विधान राजभण्डारी

काठमाडौँ — नेपाल विज्ञापन संघ (आन) अन्तर्गतको गतिशील र स्वायत्त संस्था एड क्लबले नयाँ कार्यसमिति गठन गरेको छ । गत असार २८ मा एड क्लबका गर्भनर विधान राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसिमित गठन गरिएको हो । नयाँ कार्यसमितिमा ज्वाईन्ट गभर्नरमा विशालपुरुश ढकाल र दीपेन्द्र टन्डन छन् । सदस्यमा आश्रा भट्टराई, अनुपम अधिकारी, विकास खतिवडा र अनुष्का श्रेष्ठ छन् ।

नेतृत्व छनोट भएकै दिन नयाँ समितिले आगामी वर्षको लागि आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेको थियो । कार्ययोजनामा नेपालमा विज्ञापन र मार्केटिङ उद्योगलाई थप उचाइमा पुर्‍याउन निर्माण गरिएका रोमाञ्चक पहलहरू समेत समावेश छन् । एड क्लबले १०० भन्दा बढी सदस्यहरू नाघेको खुसीयाली समेत मनाएको छ ।

नेपालमा विज्ञापन र मार्केटिङ सञ्चार उद्योगमा सम्पर्क स्थापित गर्नुका साथै व्यावसायिक विकासको लागि छुट्टै मञ्च सिर्जना गर्नु क्लबको उद्धेश्य हो । एड क्लब विज्ञापन र मार्केटिङ सञ्चार क्षेत्रमा संलग्न व्यक्ति र संस्थाहरूका लागि एउटा महत्वपूर्ण मञ्चको रूपमा काम गर्दै आएको छ ।