Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारलाई अप्ठ्यारो पार्ने निति सच्याउन अर्थमन्त्रीको आग्रह


सेयर बजारलाई अप्ठ्यारो पार्ने निति सच्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं, भदौ २२ । अर्थमन्त्री  महतले सेयर बजारका लगानीकर्ताहरुलाई असर गर्ने गरी बनाइएका निति व्यवस्थामा खुकुलो नीति लिन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । संघीय संसदको तल्लो सदनमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।सांसद प्रेम सुवालले अर्थमन्त्रीलाई सेयर कारोबारमा जथाभावी लगानी भएको र सरकारको गलत नीतिका कारण सर्वसाधारण लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेकोमा सरकार जिम्मेवार बन्नुपर्छ कि पर्दैन भनेर प्रश्न गरेका थिए ।

जवाफ दिंदै अर्थमन्त्री डा.महतले केही कारोबारमा रहेका प्रतिबन्धित व्यवस्थाहरुले पनि बजार घटिरहेको र यस्तो समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । राष्ट्रबैंकको नियमनले पनि बजारलाई अप्ठ्यारो पारेको छ । उसबाट भएका प्रतिबन्धित व्यवस्थाबाट परेको प्रभावका विषयमा पनि हामीले आवश्यक सम्वाद गरिरहेका छौं । हामी चाहन्छौं कि सेयर बजारले एउटा सहज रुप लिओस् लगानीकर्ताको लगानी डूब्न नपरोस ।

उनले थपे सरकार सेयर बजारलाई पारदर्शी बनाउन र यसको नीतिगत, प्रक्रियागत र प्रणालीगत सुधार ल्याउनेतर्फ पनि गम्भीर छ। राष्ट्र बैंकले यस अघि लगाएको कतिपय निषेधित नीति बिस्तारै खुकुलो बनाउन थालेको उदाहरण दिंदै अर्थमन्त्रीले सबै कुरा लगानीकर्ताको हितअनुसार नै अगाडि बढ्ने र अर्थतन्त्र चलायमान भई सेयर बजार पनि बढ्न थालेको बताए ।

लगानीकर्ताले किनेका सेयरहरुको भाउ पनि तल झरिरहेको उदाहरण दिँदै उनले भने नेप्से फेरि बढेर लगानीकर्ताहरुको लगानी सुरक्षित हुने र प्रतिफल समेत पाउने अवस्था चाँडै आउनेछ। अर्थतन्त्रहरुमा सकारात्मक संकेतहरु देखिन थालेका पनि बताएका छन् ।