Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सर्वसाधारणका लागि धरहरा खुला


सर्वसाधारणका लागि धरहरा खुला

काठमाडौं । आजबाट सर्वसाधारणका लागि धरहरा खुला भएको छ । संविधान दिवसको अवसरमा सरकारले धरहरा खुला गरेको हो । शहरी विकास मन्त्रालयले भने धरहराको केहि बाँकी रहेको जनाएको छ । बुधबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह धरहरा खोल्ने पूर्वसन्ध्यामा निरीक्षण गरेका थिए । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धरहरा सञ्चालन तथा व्यवस्थापन जिम्मा दिएको थियो । महानगरले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

नयाँ धरहरा बनेपछि काठमाडौं महानगरले संघीय सरकारसँग धरहरा चलाउन ठेकेदारलाई जिम्मा दिनु सट्टा फेरि आफैंलाई जिम्मा दिन माग गरेको थियो । तर, संघीय सरकार अब महानगरलाई धरहरा चलाउन र व्यवस्थापन गर्न दिने पक्षमा देखिएको छैन । २७ भदौको मन्त्रिपरिषद् बैठकले धरहरा सञ्चालन सम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ ।