Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आरबीबी सेक्युरिटिजले व्यावसायिक कारोबार सुरु गर्यो


आरबीबी सेक्युरिटिजले व्यावसायिक कारोबार सुरु गर्यो

काठमाडौं । सेयर ब्रोकर कम्पनी आरबीबी सेक्युरिटिजले व्यावसायिक कारोबार सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी आरबीबी सेक्युरिटिजले बुधबारदेखि व्यावसायिक कारोबार सुरु गरेको हो ।

२० करोड चुक्ता पूँजी सहित सीमित कारोबार गर्ने गरी इजाजत लिएको कम्पनीले धितोपत्र दलालको रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट ३२ साउन २०८० मा स्वीकृति प्राप्त गरेको थियो । कम्पनीले ३ माघ २०८० मा नेपाल स्टक एक्सचेन्जबाट सेयर ब्रोकर ९७ नम्बरबाट कारोबार अनुमति पाएको थियो ।

कम्पनीलाई सीडीएस एन्ड क्लियरिङले २३ माघ २०८० मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पूँजीबजार सम्बन्धी सेवाहरू प्रदान लक्ष्य लिएको जनाएको छ ।