काठमाडौँ । नागढुंगादेखि सिस्नेखोला सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ । उक्त सडकखण्ड आगामी मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने छ ।
धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडकखण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले जनाएको छ । सुरुङ मार्ग अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाले जनाएको छ ।