Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशमा रहेका नेपालीहरूले अब आइएमई मार्फत् सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने


विदेशमा रहेका नेपालीहरूले  अब आइएमई मार्फत् सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई मार्फत् विदेशमा रहेका नेपालीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।

विदेशमा रहेका नेपालीहरूले विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत् सजिलै यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत् विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशी स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।