काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २६.०७ अंकले घटेको छ । गत सोमबार र मंगलबार बढेको नेप्से आज शून्य दशमलव ९९ प्रतिशतले घटेको हो । आज २५९७.४९ विन्दुमा बन्द भएको छ । कुल ५४ कम्पनीको सेयर मूल्य बढ्यो भने १८७ कम्पनीको मूल्य घट्यो ।
३ कम्पनीको मूल्य स्थिर रह्यो । आज ८३ हजार ८१ पटकको सेयर किनबेचबाट ६ अर्ब ७७ करोड ८१ लाख रूपैयाँको कारोबार भएको छ । कुल १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर किनबेच भए ।
आज फाइनान्स उपसमूहबाहेक सबै उपसमूहहरु घटे । फाइनान्स उपसमूह ५४.४६ अंकले बढ्यो । घट्ने उपसमूहहरुमा निर्जिवन बिमा उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन अघि रहे । निर्जिवन बिमा २३८.१७ अंक, उत्पादन तथा प्रशोधन १२८.४९ र होटल तथा पर्यटन ११६.९९ अंकले घटे ।