Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रुसी भू–भागमा युक्रेनी आक्रमण, कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त


रुसी भू–भागमा युक्रेनी आक्रमण, कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त

एजेन्सी । पछिल्लो समय युक्रेनी फौज अप्रत्यासित रूपमा रुसी क्षेत्रमा अघि बढिरहेको छ । दुई देशका फौजबीच कुर्स्क क्षेत्रमा भीषण लडाइँ जारी छ । त्यसक्रममा युक्रेनी फौजले रणनीतिक महत्वको तेस्रो रुसी पुल ध्वस्त पारिदिएको छ । कुर्स्क क्षेत्रको कर्याज्ह गाउँमा सेम नदीमाथि बनाइएको पुल सोमबार ध्वस्त भएको द गार्जियनले जनाएको छ ।

त्यसअघि युक्रेनले सेम नदीमाथिका दुईवटा पुल ध्वस्त पारिदिएको थियो । ती पुल रुसी फौजले सरसामान आपूर्ति गर्न प्रयोग गर्दै आएको थियो । यसअघि सैन्य विश्लेषकहरूले त्यस क्षेत्रका तीनवटा पुलमार्फत रुसले आफ्नो फौजलाई सामान आपूर्ति गरिरहेको पहिचान गरेका थिए । दुई सातायता युक्रेनले रुसी भू–भागमाथिको आक्रमण तीव्र पारेको हो ।

२०२२ फेब्रुअरी २४ मा रुसले आक्रमण सुरू गरेयता युक्रेनले अगस्ट ६ मा पहिलोपटक रुसी भूभागमाथि सर्वाधिक ठूलो आक्रमण गरेको हो । त्यसयता जारी आक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो भएको बताइएको छ । समाचार संस्था रोयटर्सका अनुसार अगस्ट ६ यताका आक्रमणमा युक्रेनले ११ सय ५० वर्गकिमि क्षेत्रफलमा फैलिएका ८० गाउँ नियन्त्रणमा लिइसकेको छ । त्यसका साथै, आइतबार दोनेत्स्क क्षेत्रमा पनि लडाइँ चलिरहेको बीबीसीले जनाएको छ । उनका अनुसार पोक्रोभ्स्क नजिकैको दोनेत्स्क क्षेत्रमा युक्रेन र रुसी सेनाबीच भीषण लडाइँ जारी छ ।