Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

डलर भित्र्याउन मेरियट होटल र निगमबीच प्रतिस्पर्धा


डलर भित्र्याउन मेरियट होटल र निगमबीच प्रतिस्पर्धा

काठमाडौं, काठमाडौंको पाँचतारे होटल मेरियटले एक वर्षमा साढे ५० लाख अमेरिकी डलर भित्र्याएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मेरियटले सन् २०२२ अगष्ट १ देखि २०२३ को अगष्ट १ सम्ममा ५० लाख ४१ हजार २ सय ३७ डलर आर्जन गरेको हो।जुन होटल क्षेत्रमै सबैभन्दा बढी हो। सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेसँगै मेरियटलाई पर्यटन मन्त्रालयले सम्मान गरेको छ। मन्त्रालयले ४४ औं विश्व पर्यटन दिवसको अवसरमा मेरियटसहित सबैभन्दा विदेशी मुद्रा आर्जन गर्ने ८ वटा क्षेत्रलाई सम्मान गरेको छ।

बुधबार आयोजित एक कार्यक्रमको अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पर्यटनद्वारा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरुलाई सम्मान गरेका हुन् । ८ वटा क्षेत्रमध्ये सबैभन्दा बढी अमेरिकी डलर आर्जन गर्नेमा सरकार स्वामित्वको नेपाल वायुसेवा निगम रहेको छ। जसले समीक्षा अवधिमा ८ करोड ४५ लाख डलर आर्जन गरेको छ । त्यस्तै, मेरियट होटल सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउनेको दोश्रो सूचीमा परेको छ। मन्त्रालयको विवरण अनुसार ट्रेकिङ र पर्वतारोहणतर्फको साहसिक खेलतर्फ पोखरा अल्ट्राले ४४ हजार ३ सय ८८ डलर, सेभेन समिटले ४३ लाख २२ हजार ६४ डलर र ट्राभल एण्ड टुर्सतर्फ सीता वल्र्डले ३३ लाख ६१ हजार १ सय ३६ डलर आर्जन गरेका छन्।

यस्तै, कृषि फार्ममा कपिलवस्तको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज पनि सम्मानित भएको छ।३ बिगामा रिसोर्ट सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने,आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाई समेत विकास गरेको भन्दै मन्त्रालयले कपिलवस्तुको उक्त रिसोर्टलाई सम्मान गरेको हो। सरकारले होमस्टेमा अमलटारी मध्यवर्ती सामुदायिक कावासोती र पर्वतारोहीतर्फ तेन्जेन शेर्पा लामा र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलालाई सम्मान गरेको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु ९२ दिनभित्र आरोहण गरी कीर्तिमान कायम गरेको भन्दै लामा र नर्वेकी हेरिलालाई सम्मान गरिएको हो।