Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

पोखरामा आजै साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर चल्ने


पोखरामा आजै साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर चल्ने

काठमाडौं । पोखरामा आज साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । पोखरालाई आइतबार नेपालको पर्यटकीय राजधानी घोषणा गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने जानकारी दिए ।

उनले राउन्ड फेवा, भ्यु फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन हुने बताए । मुख्यमन्त्री पाण्डेले बेगनास तालमा ‘क्रुज सिप’ सञ्चालनको घोषणा समेत गरे । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई बृहत् ध्यान केन्द्रका रुपमा एउटा ध्यान केन्द्र निर्माणको घोषणा गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म ‘सटल बस’ सेवा सञ्चालन पनि हुने उनको भनाई छ । उनले पोखरामा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको भन्दै त्यस विषयमा आवश्यक परमर्श भइरहेको उनको भनाई छ ।