मोरङ । उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ । अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी– १ का ३७ वर्षीय सुनिलकुमार धिमाल, उनिकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल घाइते भएका छन् ।
सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङले घाईतेहरुलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार गम्भीर घाइते सुस्मिनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार रमिते टाँडी भित्रि सडक खण्डमा बा. २७ प. १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० फिट तल झरेको थियो ।