Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ सहरमा


कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ सहरमा

बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ बिक्रीका लागि धमाधम विभिन्न सहरमा लैजान थालिएको छ । बाटो अवरुद्ध भएका कारण केही दिन बारीमै रोकिएको स्वामीकार्तिक खापर गाउँपालिकाको अर्गानिक स्याउ अहिले कर्णाली कोरिडोर सञ्चालनमा आएसँगै बिक्रीका लागि देशका विभिन्न सहर बजारमा लग्न थालिएको हो ।

स्वामीकार्तिकको जेवाले, सैडेओ खुनका, लोकी र जोरुलगायतका विभिन्न ठाउँमा किसानले उत्पादन गरिएको स्याउ लैजान ठेकेदार बारीमै पुग्न थालेका छन् । यहाँका स्याउ कर्णाली कोरिडोर हुँदै कैलाली, बाँकेको नेपालगन्ज, काठमाडौँलगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको स्याउ किसानले बताए ।

कोल्टी–मार्तडी सडक सञ्चालन होला भनेर बारीमै राखिएको अर्गानिक स्याउ समयमै सो सडक नचलेपछि ठेकेदारले कर्णाली कोरिडोर हुँदै विभिन्न सहरमा लैजाने गरेको वडा नम्बर १ जोरुका स्याउ किसान धनबहादुर रावलले बताए । गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा बिक्रीका लागि लगिएको थियो ।

यो वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध बन्दै गएकोले त्यो स्याउ कर्णाली कोरिडोरबाट कैलाली, बाँकेको नेपालगन्ज र काठमाडौँ लगिएको छ । यो वर्षमा स्वामीकार्तिक खापर गाउँपालिकामा झन्डै एक करोड रुपियाँभन्दा बढीको स्याउ उत्पादन भएको स्वामीकार्तिक खापर गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । यहाँ स्थानीय, डेलिसिएस, रोयल, रेडडेलिसियस, गोल्डेन, गाला, फुजीलगायतको स्याउ उत्पादन हुने गरेको कृषि शाखा प्रमुख विनोद शाहीले बताए ।