Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका एमडी पौडेल निलम्बित


करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका एमडी पौडेल निलम्बित

काठमाडौं, नेशनल पेमेट गेटवे खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा नेशनल पेमेट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ।

एमडी पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित अख्तियारले ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। ६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर २५ करोडमा खरिद गरी गराई भ्रष्टाचार गरेको दाबी गर्दै अन्तियारले मुद्दा दर्ता गरेको हो ।