Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डब्लूएचओ भन्योःगाजाको अस्पताल श्मशान घाटजस्तै


डब्लूएचओ भन्योःगाजाको अस्पताल श्मशान घाटजस्तै

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले गाजाको सबैभन्दा ठूलो अस्पताल झन्डै श्मशान घाटु जस्तै भएको बताएको छ । उत्तरी गाजामा रहेको अल-शिफा अस्पताल इजरायली डिफेन्स फोर्स आईडीएफको आक्रमणको निशानामा परेको  छ ।

आईडीएफले हमासले अस्पतालको मुनि रहेको सुरुङबाट इजरायलविरुद्ध आक्रमणको षड्यन्त्र रचिरहेको आरोप लगाउँदै आएको छ । तर हमास र अस्पतालले भने त्यसको खण्डन गर्दै आएका छन् । डब्लूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमायरले करिब ६ सय जनाले अस्पतालमा आश्रय लिइरहेको बताएका छन् । अस्पतालभरि शवै शव रहेको छ । जसको उचित व्यवस्थापन गर्न सकिएको छैन ।

शवलाई पुर्न वा मुर्दाघरमा लैजान सकिएको छैन, उनले भनेका छन् । हमासको स्वास्थ्य मन्त्रालयले करिब ६५० बिरामीसहित करिब २ हजार ३ सय जना अस्पतालमा रहेको बताएको छ । अस्पतालका व्यवस्थापक डाक्टर मोहम्मद अबु सेलमियाले प्रतिबन्धका बाबजुद अस्पताल चलाउन निकै कठिन भएको बताएका छन् ।

उनले शवहरू कुहिन थालेको र कुकुरहरू पसेर खान थालेको समेत बताएका छन् । इजरायललले शवहरू व्यवस्थापनका लागि अनुमति नदिएको पनि उनको भनाइ छ । विद्युत् कटौती हुँदा नवजात शिशुहरूको मृत्युसमेत भएको उनले बताए ।

बीबीसीसँगको कुराकानीमा उनले सात जना नवजात शिशुको अक्सिजन अभावले मृत्यु भएको जानकारी दिएका छन् । गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ ।

त्यस्तै इजरायलको आक्रमणमा परी ११ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।