काठमाडौं, लक्ष्मी सन्राइज बैंकको पूर्ण स्वामित्वमा रहेको सन्राइज क्यापिटल लिमिटेडले आव २०७९र८० को नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। क्यापिटलको १३औँ वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।क्यापिटलले विगत ६ वर्षमा एक सय ५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको बताएको छ।
साधारणसभामा आव २०७९,८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पनि पारित भएको बताइएको छ। कम्पनीले वर्तमान आफ्नो इन्भेस्टमेन्ट बैंकिङअन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै हालसम्म तीन अर्ब ११ करोड रुपैयाँ बराबरको तीनवटा म्युचुअल फन्ड सञ्चालन गर्दै आइरहेको बताएको छ।
जसमध्ये सन्राइज फस्र्ट म्युचुअलले आफ्नो चौथौ सञ्चालन वर्षसम्ममा ८५ प्रतिशत नगद लाभांश लगानी कर्तालाई वितरण गरिसकेको बताएको छ। त्यस्तै, पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत दुई सयभन्दा बढी ग्राहकको ५० करोड रुपैयाँभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको बताइएको छ।