Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अप्पर लोहोरे खोलाको शेयर नेप्सेमा सूचीकृत


अप्पर लोहोरे खोलाको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, असोज ७।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावको शेयर सूचीकृत गरिएको छ। यस दिन कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुका लागि सहित सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरी कुल ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। अर्थात सोमबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार गर्न सकिनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा सोमबार कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीको शेयर यूएलएचसी टिकरमा कारोबार हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।