Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले एक वर्षमा व्यवसायीलाई १९ अर्ब कर छुट


सरकारले एक वर्षमा व्यवसायीलाई  १९ अर्ब कर छुट

काठमाडौं, आर्थिक वर्ष २०७८,७९ मा सरकारले पौने १९ अर्ब रुपैयाँ कर छुट तथा कर फिर्ता गरेएको छ । मुलुकमा व्यावसायिक वातावरण तयार गर्ने आवश्यकता अनुरुप व्यावसायिक छुट तथा सुविधा उपलब्ध गराउने राज्यको नीतिअन्तर्गत आर्थिक वर्ष २०७८,७९ मा उल्लिखित रकम कर छुट तथा फिर्ता गरिएको आन्तरिक राजस्व विभागले बताएको छ ।

एक वर्षमा व्यवसायीलाई  १९ अर्ब कर छुटविभागले हालै सार्वजनिक गरेको कर छुट तथा सुविधासम्बन्धी विवरणमा आयकर छुटतर्फ १० अर्ब ७२ करोड ८२ लाख र मूल्य अभिवृद्धि कर भ्याट, तर्फ ८ अर्ब ७ करोड ५७ लाख रुपैयाँ गरी कुल १८ अर्ब ८० करोड ३९ लाख रुपैयाँ कर छुट भएको थियो । हरेक वर्ष सरकारले बजेटमार्फत कर छुट र फिर्ता दिए पनि त्यो प्रभावकारी बन्न नसकेको, शक्ति र पहुँचका आधारमा वितरण भइरहेको लगायत आरोप लागिरहेका बेला विभागले यस्तो तथ्यांक सार्वजनिक गर्न थालेको हो।

विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको यो पहिलो पटक हो । लगानीमैत्री, सन्तुलित एवं दिगो आर्थिक विकास र आन्तरिक उद्योगलाई संरक्षण गर्ने कर नीतिको उद्देश्यअनुरूप व्यावसायिक वातावरण तयार गर्न उक्त छुट दिइएको विभागको प्रतिवेदनमा उल्लेख छ । सोही प्रतिवेदन अनुसार आयकर र मूल्य अभिवृद्धि करबापत आर्थिक वर्ष २०७८,७९ मा करिब पौने १९ अर्ब रुपैयाँ कर छुट तथा फिर्ता दिइएको देखिएको विभागले बताएको छ।