काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । आज अपराह्न बस्ने बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ । यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए । विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ । यसअघि पनि संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो ।
मन्त्रिपरिषद्ले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउन सक्ने