Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि


संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । अन्तिम श्रद्धाञ्जलिका प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शव आर्यघाट ल्याइएको थियो । नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ । यही भदौ २६ गते निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।