Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पशुपति क्षेत्रमा बनेका अवैधानिक संरचना तत्काल खाली गराउन मन्त्रीको निर्देशन,एक घण्टाभित्र संरचना खाली गर्ने मेयर बालेनको प्रतिवद्धता


पशुपति क्षेत्रमा बनेका अवैधानिक संरचना तत्काल खाली गराउन मन्त्रीको निर्देशन,एक घण्टाभित्र संरचना खाली गर्ने मेयर बालेनको प्रतिवद्धता

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना तत्काल खाली गराउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा कोषको जग्गामा व्यवसायिक संरचना बनाइ सञ्चालनमा रहेको भन्दै तत्काल एक्सनमा जान र आउँदो बैठकमा प्रगति पेश गर्न कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

कोषको काठमाडौं महानगरपालिका८ गाँचा पोखरीस्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२,३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर संरचना बनाइएको छ ।

त्यस्तै वडा नम्बर ३ भगवान्‌ स्थानमा साविक कित्ता नम्बर ५१ बाट हालको कित्ता नं १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएकोले उक्त जग्गाको खोजी गरिएको सचिवालयले जनाएको छ ।

सिफलस्थित लामा पोखरी रहेको कित्ता नम्बर १३५, १८०, ८३ का संरचना पनि कानूनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ । बोर्डका सदस्यसमेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको भन्दै कार्यान्वयन गराउने बचन दिएका छन् ।

त्यस्तै गोठाटारस्थित पशुपतिको क्षेत्र विकास कोषको नाममा रहेको ५३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोज्न पूर्वसचिवस्तरीय उच्च समिति गठन गरिने मन्त्री किरातीले बताएका    छन् ।