Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जना धरौटीमा रिहा


ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जना धरौटीमा रिहा

काठमाडौं, भदौ २४ । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। जिल्ला अदालत काठमाडौंले सबैभन्दा बढी धरौटी भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको हो।

उनीसँगै पक्राउ गरेका अन्यलाई भने बढीमा १५ लाख धरौटी माग गरिएको छ। कलाधर देउजा र विनोद पौडेलसँग अदालतले १५,१५ लाख धरौटी गरेको छ । लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ।

यस्तै, शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार महर्जन, सकलानन्द महर्जन, देवनारायण महर्जन, बाबुराजा महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गर्ने आदेश भएको छ। यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भएपनि अन्य फरार छन्। पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको हो। यस प्रकरणमा जोडिएकाहरूलाई सरकारी वकिल कार्यालयले मुद्धा दायर गरेको थियो।