Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई महिनामा ७ अर्ब भन्दा बढि बीमा शुल्क संकलन


दुई महिनामा ७ अर्ब भन्दा बढि बीमा शुल्क संकलन

काठमाडौं, निर्जिवन कम्पनीहरुले बीमा भदौ मसान्तमै कुल ७ अर्ब ८ करोड ४८ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ८ हजार ९७३ वटा बीमालेख बिक्री गरेर ७ अर्ब माथि बीमाशुल्क संकलन गरेका हुन् ।नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ४८ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्। चालू आवको दुई महीनामा बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क अघिल्लो आवको तुलनामा ७९ करोड ६८ हजार ३ हजार रुपैयाँ अर्थात १०.११ प्रतिशत कम हो।

अघिल्लो आव २०७९,८० को दुई महिनामा तत्त्काल कायम १९ निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८८ करोड १६ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। मर्जरका कारण पछिल्ला एक वर्षमा पाँच निर्जीवन बीमा कम्पनी घटेका हुन्। प्राधिकरणका अनुसार चालू आवको भदौ महिनामा मात्रै कम्पनीहरुले ८ खर्ब ३५ अर्ब ३३ करोड १ लाख ६१ हजार रुपैयाँ बीमाङ्क बराबरका १ लाख ९५ हजार १७० वटा बीमालेख बिक्री गरेका छन्। यसबाट बीमा कम्पनीहरुले भदौमा ३ अर्ब ९ करोड ९० लाख ४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भदौ मसान्तसम्ममा चौध कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९१ करोड ४७ लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

दोस्रो ठूलो बीमाशुल्क उठाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७३ करोड ४१ लाख ९५ हजार रुपैयाँ संकलन गर्दा तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले भदौसम्म कुल ६६ करोड २४ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।प्राधिकरणको तथ्यांक अनुसार भदौसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख २३ हजार रुपैयाँ, आइजिआई प्र्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड ५३ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ५२ करोड ६४ लाख ८२ हजार रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख १९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

यसैगरी चालू  आवको दुई महिना अवधिमा यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख २ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ४२ करोड ८९ लाख ८० हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख ७२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै सानिमा जिआइसी इन्स्योरेन्सले भदौ मसान्तसम्म ३७ करोड ८८ लाख ९४ हजार रुपैयाँ, दी ओरियन्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख ४ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख ६९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले सबैभन्दा कम २३ करोड ६१ लाख १८ हजार रुपैयाँ रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।