काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी गर्ने निर्णय गरेको छ ।
एमालेका महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा संविधान संशोधन र कानुन निर्माण गर्नेगरी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भएको उल्लेख गरेका छन् ।
उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थन गर्ने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उल्लेख गरेका छन् । एमाले र कांग्रेसबीच मध्यराती दुई दलबीच सहमति भएको छ ।