Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआइसी एशिया बैंकले साढे ३० प्रतिशत लाभांश वितरण गर्ने


एनआइसी एशिया बैंकले साढे ३० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौैं,भदौ २९। एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पूँजीकोष नपुर्याउदा बैंकले विगत दुई आर्थिक वर्षदेखि लाभांश वितरण गर्न पाएको थिएन। नगद लाभांश वितरण गर्दा बैंकको पूँजीकोषमा दबाव पर्नसक्ने भएकोले उसले बोनस शेयरमा बढी जोड दिएको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउन सक्ने छन्।