Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदीय छानविन समितिद्धारा दर्शन सहकारीका अध्यक्षसँग शोधपुछ, कार्ययोजना कार्यान्वयनगरि बचतफिर्ता गर्न सुझाव (भिडिओ सहित)


संसदीय छानविन समितिद्धारा दर्शन सहकारीका अध्यक्षसँग शोधपुछ, कार्ययोजना कार्यान्वयनगरि बचतफिर्ता गर्न सुझाव (भिडिओ सहित)

काठमाडौं । कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारी सँग संसदीय छानविन समितिले शोधपुछ गरेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज सिंहदरबारमा बोलाएर करिब दुई घण्टा शोधपुछ गरेको थियो । संसदीय समितिको छलफलमा दर्शन सहकारीका अध्यक्ष दर्शनधारीले सहकारीले कार्ययोजना बनाई बचत फिर्ता सुरुगरेको जानकारी दिएका थिए । समितिका सदस्यहरुका प्रश्नको जवाफ दिदै अध्यक्ष दर्शनधारीले पछिल्लो समय बढ्दो आर्थिक तरलता, विभिन्न बैंक तथा राष्ट्रिय सहकारी बैंककै ताकेताका कारण बचतकर्ताको रकम वितरणमा कठिनाइए भएको बताएका थिए ।


उनले बागमती प्रदेश सहकारी रजिस्टारको कार्यालयमा बुझाएको बचतफिर्ताको कार्ययोजना र श्वेत पत्रमा जारी गरिएको विवरण सहित नियमित बचत फिर्तालाई प्राथमिकता दिइएको बताएको समितिका एक सदस्यले बताए । एक सदस्यले भने, ‘दर्शन सहकारीले आफ्ना बचतकर्ताहरुको रकम सुरक्षित रहेको भन्ने केहि आधारहरु जस्तै, श्वेत पत्रमा समावेश विवरण, बचत फिर्ताको कार्ययोजना र त्यसमा समावेश गरिएको बचतफिर्ताको विवरण, बचत फिर्ताकालागि सम्पत्ति व्यवस्थापन लगायतका विषय सकारात्मक रहेको छ’ । तर, बचतकर्ताहरु ढुक्क हुन सक्ने अवस्था छैन, कुनै पनि हालतमा सहकारीहरुले निर्शत बचत फिर्ता गर्नुपर्छ उनले भने ।


दर्शन सहकारीका अध्यक्ष दर्शनधारीलाई समितिमा केहि बचतकर्ताहरुले धर्ना र आन्दोलन गर्दैमा किन सहकारी कार्यालय बन्द गरेको भनि प्रश्न गरिएको थियो । उनले, सहकारीमा गैर सदस्यको प्रवेशले आर्थिक लेनदेनको बार्गिनिङ बढेको, कर्मचारीमाथि हातपात तथा सञ्चालक समितिमाथि धरपकट भएकाले कार्यालय केहि समय बन्द गरेको बताएका थिए । उनले गैर सदस्यहरुले सहकारी संस्थामा आएर तोडफोड गर्न खोज्ने, शेयर सदस्यले नै विभिन्न व्यक्तीहरु ल्याएर कार्यालयको सिसा फुटाउने, फर्निचरमा क्षति पुर्याउने जस्ता कार्य बढेपछि शान्ति सुरक्षा कायम नहुदा सम्मलाई केहि समय कार्यालय बन्द गरेको बताएका थिए ।


समिति सामु दर्शन सहकारीका अध्यक्ष दर्शनधारीले सहकारी संस्थाहरुको आधार मानिने राष्ट्रिय सहकारी बैंकले थप पिडा दिएको बताएका थिए । देशको आर्थिक अबस्थालाई मध्यनजर गरि आवश्यक सहयोग गर्नुपर्नेमा थप कारबाही अघि बढाउने, सहकार्यकालागि आग्रह गर्दा ऋणको धितो लिलाम गर्ने धम्कीदिने जस्ता क्रियाकलापले थप सहकारी संस्थामा तरलता आएको बताए । उनले, राज्यका निकायले नै यस्ता क्रियाकलापमा निगरानी बढाउने पर्ने र सहकारी संस्थालाई आवश्यक सहयोग गर्नुपर्ने सुझाव दिएका थिए । समितिले परिस्थीतिलाई मध्यनजर गर्दै सहकारी बचतलाई छिटो फिर्ता गर्न कार्ययोजना कार्यान्वयनकालागि निर्देशन दिएको थियो ।


त्यस्तै, आजै समितिले लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, गोरखा मिडिया नेटवर्क प्रालिका पदाधिकारीहरु,स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट, प्रमुख बचत तथा ऋण सहकारी संस्था लगायतका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । समितिका सभापति सूर्य थापाले शोधपुछको क्रम लगभग सकिएकाले प्रतिवेदनको तयारीमा लाग्ने बताए । सभापति थापाले पछिल्लो समय समितिले विभिन्न सहकारी संस्थाका सञ्चालक सहितका विज्ञसँग गरेका छलफलबाट केहिहद सम्म बचतकर्ताले रकम फिर्ता पाउनेमा आशाबादी रहेको बताए । उनले भने, केहि समय लाग्न सक्ला तर, नियमति काम भए फिर्ताको संभावना बढ्दै गएको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानविन विशेष समिति आजसम्म ४२ औं पटक बैठक बसी छलफल गरेको छ ।