रुकुम पूर्व । मुख्यसडक मर्मत गर्न सरोकारवालाले ध्यान नदिएको भन्दै यातायात व्यवसायीहरूले रुकुम पूर्वमा यातायात बन्द गरेर छन् । उनिहरुले प्रशासन कार्यालय समेत घेराउ गरेका छन् । कार्यालयको मूलगेट अगाडि सवारी साधन रोकी उनीहरु विरोधमा उत्रिएका हुन् ।
मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्व—पश्चिम खण्डका विभिन्न स्थानमा पहिरो झर्ने समस्या रहेको उनिहरुको भनाई छ । जिल्लाभित्र पर्ने मध्यपहाडी सडकको धेरै ठाउँमा पहिरो गएको छ । बर्खायाममा पहिरो जाँदा तत्काल बाटो खुलाउन पहल गरिनुपर्ने भन्दै यातायात व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेटमा सवारी साधन रोकेर विरोध जनाएका छन् ।