Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चालु पुँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो व्यवस्था विरुद्धमा चेम्बरको ध्यानाकर्षण

पछिल्लो व्यवस्था व्यवसायमैत्री बनौं


चालु पुँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो व्यवस्था विरुद्धमा चेम्बरको ध्यानाकर्षण

काठमाडौं । चालु पुँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो व्यवस्था व्यवसायमैत्री नभएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्योगको हकमा केही सकारात्मक देखिएको चालु पुँजी कर्जा सम्बन्धी नयाँ व्यवस्था व्यवसाय क्षेत्रमा भने मैत्रीपूर्ण नभएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चालु पुँजी कर्जाको सीमालाई राष्ट्र बैंकले एकै बास्केटमा नराखी व्यवसायको प्रकृतिको आधारमा निर्धारण गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

कर्जाको सीमा बैंक र ऋणीबीच आवश्यकताका आधारमा निर्धारण भए व्यवसायिक वातावरण सहज हुने चेम्बरले उल्लेख गरेको छ । ‘एकै समूहमा एक भन्दा बढी ऋण लिएको व्यक्ति वा समूहका कुनै एउटा ऋण निष्क्रिय वर्गमा वर्गीकरण भएमा अरु ऋणीलाई पनि शुक्ष्म निगरानीमा राख्ने प्रावधान खारेज हुनुपर्दछ’ चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।

चालु पुँजी कर्जाको क्यास क्रेडिट खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तिमा लगातार ७ दिन न्यूनतम सीमाको वक्यौता कायम गर्ने व्यवस्था अव्यवहारिक भएकाले खारेज हुनुपर्ने चेम्बरको भनाइ छ । यस्तै निष्क्रिय कर्जामा वर्गीकरण गरिएको कर्जाको भाखा नाघेको वक्यौता रकम भुक्तानी हुने वित्तिकै असल वर्गमा स्तरोन्नति गरी कर्जा नोक्सानी व्यवस्थालाई तत्कालै खारेज गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।