Sunday, August 24, 2025

२०८२ भाद्र ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जावलाखेल जुत्ता–चप्पल मेलामा एक लाख अवलोकनकर्ता


जावलाखेल जुत्ता–चप्पल मेलामा एक लाख अवलोकनकर्ता

काठमाडौं, नेपाली जुत्ता–चप्पल उत्पादक समूहले जावलाखेलमा आयोजना गरेको जुत्ता–चप्पल दसैँ महोत्सव २०८० मा अवलोकन तथा किनमेल गर्नेको संख्या १ लाख पुगेको छ। नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुख्य नारासाथ आयोजना गरिएको मेलामा १ करोड ५० लाख रुपैयाँ भन्दा बढीको जुत्ता–चप्पल बिक्री भएको हो।

असोज १० देखि चलेको मेलामा नेपाली गुणस्तरीय तथा आकर्षक जुत्ता–चप्पल ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले ग्राहकको भिड बढिरहेको आयोजकको दाबी छ। साथै, लक्की ड्रमार्फत बम्पर उपहारको व्यवस्था गरिएको हुँदा महोत्सवमा ग्राहकको बाक्लो उपस्थिति भएको आयोजकले बताएका छन्।

महोत्सवमा रोयल सुज, बिएफ डियर हिल र बिएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल्स, हाई लाइफ, केटिएम, डिजे सुज, बेली सुज, उत्सव र कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागि छन्।