Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नयाँ सरकारको मन्त्रिपरिषदद्धारा पाँच समिति गठन


नयाँ सरकारको मन्त्रिपरिषदद्धारा पाँच समिति गठन

काठमाडौँ । कांग्रेस एमालेको गठबन्धनमा बनेको नयाँ सरकारको मन्त्रिपरिषद्ले अफ्नो मातहतमा रहनेगरि पाँच समिति निर्माण गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रिपरिषद्का विभिन्न समिति गठन गरी तिनका संयोजक तोकेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको जानकारी दिए । जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, आर्थिक पूर्वाधार समितिको संयोजकमा अर्थमन्त्री विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।

विधेयक समितिको संयोजक गृहमन्त्री रमेश लेखकलाई बनाइएको छ, भने प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन् । सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रहेका छन् । नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।