Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त


नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त

काठमाडौं । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए । माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो ।