Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा महिला मृत्यु प्रकरणका विषयमा छानविन गर्न सांसदको माग


ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा महिला मृत्यु प्रकरणका विषयमा छानविन गर्न सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा महिला मृत्यु प्रकरणका विषयमा छानविन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको अपरेशनपछि मृत्यु भएको बताए ।

शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । २१ साउनमा अस्पताल भर्ना भएकी उनको अपरेशन गर्दा अत्यधिक रक्तश्राब भएपछि रगत दिइएको थियो । त्यसपछि पुनः अपरेशन गरेको उनलाई अस्पतालले २६ साउनमा मृत घोषणा गरेको थियो । उक्त घटनामा चिकित्सक र अस्पताल प्रशासनको गम्भीर लापरबाही देखिएको सांसद गौतमको आरोप छ ।