Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी राष्ट्रपति निर्वाचन:डोनाल्ड ट्रम्पको अग्रता


अमेरिकी राष्ट्रपति निर्वाचन:डोनाल्ड ट्रम्पको अग्रता

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् ।

राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो । बीबीसीका अनुसार प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पले इण्डियाना, वेष्ट भर्जिनिया, केन्टकी, मिसौरी, ओक्लोहामा, अल्बामा, अर्कानास, टेनिसी, फ्लोरिडा, साउथ क्यारोलिना राज्यमा जित हासिल गरेका छन् । यसैगरी कमला ह्यारिसले भर्मोट, न्यूह्याम्प्सपायर, म्यासाचुयट्स, मेरिल्याण्ड, कोलम्बिया राज्यमा विजयी भएकी छन् ।


निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको    छ । डेमोक्रेटिक पार्टीका नेता बर्नी स्यान्डर्स चौथो पटक बर्मोटका लागि अमेरिकी सिनेटर निर्वाचित भएका छन् । ८३ वर्षीय स्यान्डर्स अमेरिकी राजनीतिका प्रसिद्ध लिबरल अनुहार हो । उनले यो निर्वाचन आफ्नो जीवनकालका लागि सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।