काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतले साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले केही विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो ।
स्वघोषित अभियन्ता प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत, काठमाडौंले जनाएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । सामाजिक सदभाव भड्काउने शैलीमा अभिव्यक्ति दिएको भन्दै उनीमाथि अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।