Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जलवायु परिवर्तनको असरलगायतका विषयमा प्राज्ञहरुको ध्यानाकर्षण


जलवायु परिवर्तनको असरलगायतका विषयमा प्राज्ञहरुको ध्यानाकर्षण

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् । बिहीबार नयाँदिल्लीमा शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के.के.अग्रवालसँग उनले सो आग्रह गरेकी हुन ।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा.राणाले भनिन्, “जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो । त्यस्तै, अरु पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन् । ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धाता एवम् प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान उपायहरु सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।”

त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरेका थिए ।

सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ । भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा.राणा आज अपराह्न स्वदेश फर्कंदै छिन् ।