Sunday, August 17, 2025

२०८२ भाद्र १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिल काटेको महसुल तिर्दैन भन्न मिल्छ ? कार्यकारी निर्देशक घिसिङ


बिल काटेको महसुल तिर्दैन भन्न मिल्छ ? कार्यकारी निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिल काटेका सबै महसुल असुल्ने जनाएको छ । सम्पूर्ण महसुल बक्यौता उठाउने तयारीमा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले ०७२ साउनदेखि ०७२ पुससम्मको र लोडसेडिङ अन्त्यभएपछिको विषयमाभने महसुल लिने कि नलिने नियामक निकायले निर्णय गरिदिनु पर्ने जनाए ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ छ। यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन काटिएका ९ वटा ठूला उद्योगको रहेको प्राधिकरणले जनाएको छ। बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशस् काट्दै जाने पनि प्राधिकरणले जनाएको छ ।